Capacity-building and Sustainable Development
Capacity-building and Sustainable Development
For additional reading on Asta-Ja Nepal Vision 2040 or a video, please click the links below:
https://www.telegraphnepal.com/nepal-vision-2040/
https://zerowastezone.blogspot.com/2024/12/asta-ja-nepal-vision-2040.html?m=1
नेपालको समृद्धि, स्थायित्व र राष्ट्रिय पुनर्जागरणको आधार के हो?
हामीले वर्षौँदेखि भोग्दै आएका समस्याहरू—गरिबी, बेरोजगारी, भ्रष्टाचार, आयात–निर्भरता, असमानता—समाधानका लागि कुन नयाँ मार्ग आवश्यक छ?
यी सबै प्रश्नहरूको उत्तर अष्ट-ज Nepal Vision 2040 ले दिन्छ। नेपालका आठ जीवनदायिनी स्रोत—जल (Water), जमिन (Land), जंगल (Forest), जडीबुटी (Herbal Resources), जनशक्ति (Human Resources), जनावर (Animal Resources), जराजुरी (Crops), र जलवायु (Climate) - को संरक्षण, विकास र सदुपयोगमार्फत नेपाललाई आत्मनिर्भर, आधुनिक, समृद्ध र दिगो राष्ट्र बनाउने यही दीर्घदृष्टि हो।
अष्ट-ज कुनै साधारण अवधारणा होइन—यो नेपालका प्राकृतिक, सामाजिक, आर्थिक र मानव–स्रोतहरूको समन्वयात्मक रूप हो। यसैको आधारमा Vision 2040 का नौ वटा प्रणालीगत परिवर्तनका स्तम्भ अघि सारिएका छन्।
१. भ्रष्टाचार नियन्त्रण र सुशासन
अष्ट-ज स्रोतहरू जनताको सम्पत्ति हुन्। भ्रष्टाचारले यी सबै स्रोतहरूको ह्रास मात्र होइन, विकासको अवरोध पनि बनाउँछ। अष्ट-ज Vision 2040 को पहिलो स्तम्भ—शून्य भ्रष्टाचार—राज्यको विश्वसनीयता पुनःस्थापित गर्दै जनविश्वास निर्माण गर्ने आधारशिला हो।
२. सामाजिक सुरक्षा र नागरिक जीवन–ग्यारेन्टी
अष्ट-ज प्रत्येक नागरिक को स्रोत र शक्ति हो। बृद्ध, अपाङ्ग, महिला, श्रमिक, किसान, बेरोजगार सबैले आधारभूत सुरक्षण पाउनु राष्ट्रको कर्तव्य हो। सामाजिक सुरक्षा प्रणालीले गरिबी घटाउँछ, उत्पादनशक्ति बढाउँछ र सामाजिक स्थिरता सुनिश्चित गर्छ। अष्ट-ज नेपाल भिजन २०४० ले सबैका लागि शिक्षा र स्वास्थ्य सेवामा सार्वभौमिक पहुँचको दृष्टिकोण राख्दछ।
३. सामुदायिक दिगोपन र स्थानीय सशक्तिकरण
अष्ट-ज तत्वहरूको वास्तविक संरक्षक समुदाय नै हो। गाउँ–टोल, सहकारी, कृषक समूह र स्थानीय संस्थाहरू दिगो विकासका मूल चालक हुन्। त्यसैले अष्ट-ज Vision 2040 ले स्थानीय उत्पादन, सामाजिक उद्यम, रोजगारी, वातावरणीय सुरक्षा र विपद्–तयारीलाई समुदायमै जरा गाडेर अघि बढाउँछ।
४. अष्ट-ज स्रोतहरूको संरक्षण र विकास
अष्ट-ज का आठ तत्व—
जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी (बाली) र जलवायु—
नेपालका प्राकृतिक धरोहर, खाद्य सुरक्षा, जैविक विविधता, कृषि, पर्यटन, ऊर्जा, उद्योग र समग्र अर्थतन्त्रका आधार हुन्। अष्ट-ज Vision 2040 ले यी आठै स्रोतलाई वैज्ञानिक रूपमा नापजाँच, पुनर्संरचना, संरक्षण र उत्पादक उपयोगमा जोड दिन्छ।
५. कृषि रूपान्तरण र आत्मनिर्भरता
कृषि नेपालको मेरुदण्ड र भविष्य हो। आधुनिक खेती, सिंचाइ, बिउ, भण्डारण, मूल्य शृंखला र किसानलाई प्रत्यक्ष आम्दानी दिने प्रणालीले नेपाललाई खाद्य–आत्मनिर्भर बनाउँछ। कृषि आत्मनिर्भरता नै राष्ट्रिय मर्यादा हो। नेपाल भिजन २०४० कृषि विकासका लागि खरीद तथा मूल्य–गारन्टी प्रणाली र भौगोलिक क्लस्टरिङको पक्षमा उभिन्छ।
६. नवीकरणीय ऊर्जा विस्तार
जल, सूर्य र हावामा आधारित नवीकरणीय ऊर्जा—नेपालको विशिष्टता हो।जल–स्रोत (जल) र जलवायु प्रणाली मिलेर उत्पन्न हुने ऊर्जा सम्भावना नेपाललाई ऊर्जा–महाशक्ति बनाउन सक्षम छ।ऊर्जा सस्तो भए उद्योग, पर्यटन, सेवा, कृषि सबै क्षेत्रले गतिशीलता पाउँछ।
७. ठूला पूर्वाधार विकास
पूर्वाधारले अष्ट-ज स्रोत र आर्थिक प्रणालीलाई जोड्छ। सुरुङमार्ग, करिडोर, सिंचाइ प्रणाली, जल–सञ्चय संरचना, डिजिटल नेटवर्क, सफासहर, स्मार्ट–सिटी—यी सबैले रोजगारी, उत्पादन र निर्यात वृद्धि गर्छन्।
८. अर्गानिक तथा उच्च–मूल्य निर्यात वृद्धि
नेपालका जंगल, जडीबुटी, खनीज, जनावर–उत्पादन, अर्गानिक बाली, पानी, ऊर्जा र ज्ञान–आधारित सेवा सबै उच्च मूल्यका निर्यातयोग्य स्रोत हुन्। अष्ट-ज Vision 2040 को लक्ष्य—नेपाललाई आयात–निर्भर होइन, निर्यात–मुखी अर्थतन्त्र बनाउनु हो।
९. तीन करोड पर्यटक वार्षिक लक्ष्य
जल, जंगल, जलवायु, पहाड–हिमाल, संस्कृति र अष्ट-ज आधारित सौन्दर्य—नेपाल संसारकै अनुपम आकर्षण हो। तीन करोड पर्यटक लक्ष्यले केवल पर्यटन होइन—सम्पूर्ण सेवा क्षेत्र, कृषि, हस्तकला, यातायात र ग्रामीण अर्थतन्त्रमा गुणात्मक रूपान्तरण ल्याउँछ।
अष्ट-ज Nepal Vision 2040 नेपालको पहिचान, क्षमता र भविष्यमा आधारित राष्ट्रिय महायोजना हो।जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी (बाली) र जलवायु—यी आठ तत्वको समन्वित व्यवस्थापनबाट नेपाल एक पुस्ताभित्रै दिगो, आत्मनिर्भर र समृद्ध राष्ट्र बन्न सक्छ।
यो भिजन—राष्ट्र जागरण, समृद्धि, र राष्ट्रिय पुनर्जागरणको साझा मार्ग हो। अष्ट-ज Nepal Vision 2040 ले आगामी १५ वर्षमा प्रतिव्यक्ति जीडीपी १५,००० अमेरिकी डलर पुर्याउने लक्ष्य राख्दछ।
इमेरिटस प्रोफेसर डा. दुर्गा डी. पौडेल
अष्ट–ज फ्रेमवर्क र नेपाल भिजन २०४० का जन्मदाता
संयोजक अष्ट–ज फोरम नेपाल